राइड शेयरिङ चालकले अब प्यान नम्बर लिएर मात्र कारोबार गर्न पाउने
techpana.com · Thu Jul 16 11:42:52 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड शेयरिङ सेवामा आबद्ध चालकहरूका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ । एक सूचना जारी गर्दै विभागले राइड शेयरिङ प्लेटफर्ममा आबद्ध भएर सेवा प्रदान गर्ने व्यक्तिले अनिवार्य रूपमा प्यान लिएर मात्र कारोबार गर्न निर्देशन दिएको हो ।
विभागका अनुसार आयकर ऐन, २०५८ को दफा ७८ तथा आयकर नियमावली, २०५९ को नियम २३ ले निर्धारणयोग्य आय आर्जन गर्न चाहने व्यक्तिले स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था गरेको छ । यस्तै, भुक्तानीमा कर कट्टी गर्नुपर्ने कुनै पनि व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा कर कट्टी गर्नु अगावै प्यान लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)