रास्वपा सरकारले पनि श्रम ऐन संशोधन गर्ने, ‘सबै पक्षको अपनत्व हुने गरी गर्छौंः यादव
corporatenepal.com · Thu Jul 16 12:05:25 GMT 2026

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम ऐनलाई रोजगारदाता, श्रमिक र सरकार सबैको अपनत्व हुनेगरी वृहत छलफलपछि संशोधन गरिने बताएका छन् । पटक पटक संशोधन हुँदै आएको उक्त ऐन अहिलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले पनि संशोधन गर्न खोजेको हो ।
बिहीबार श्रम मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यादवले अहिले श्रम ऐन संशोधनका लागि आन्तरिक तयारी भइरहेको बताए । उनले ३५ दिनभित्र सबै सरोकारवालाको सुझाव समेटेर मस्यौदा तयार पार्ने बताए । यादवले कुनै एक पक्षलाई केन्द्रमा राखेर ऐन बनाउन नहुने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)