गहवामाईको रथयात्रामा भक्तजनको जनसागर, वर्षाले पनि रोक्न सकेन उत्साह
kalakarmi.com · Thu Jul 16 11:45:27 GMT 2026

रौतहट- पर्साको वीरगञ्जमा रहेको ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो वार्षिक रथयात्रा बिहीवार श्रद्धा, भक्ति र अभूतपूर्व उत्साहका साथ सम्पन्न भएको छ । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो रथयात्राले यस वर्ष पनि आफ्नो गौरवमय परम्परालाई निरन्तरता दिँदै वीरगञ्ज सहरलाई धार्मिक र सांस्कृतिक उत्सवको केन्द्र बनाएको छ ।
रथयात्रामा पर्सा, बारा, रौतहट तथा छिमेकी मित्रराष्ट्र भारतको विहार क्षेत्रबाट समेत उल्लेखनीय संख्यामा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो । माइस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार बिहीबार बिहानैदेखि गहवामाई मन्दिर परिसरमा विशेष पूजा–आराधना र अनुष्ठान सुरु गरिएको थियो। तान्त्रिक तथा वैदिक विधिअनुसार माता गहवामाईको विशेष महापूजा र रथको स्थापना गरिएपछि शुभ साइतमा रथयात्राको शुभारम्भ गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)