आदिवासी जनजाति चलचित्र महोत्सव सुरु
onlinekhabar.com · Mon Jun 01 06:59:50 GMT 2026

काठमाडौं । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ । चलचित्र विकास बोर्डको हलमा सुरु तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु फिल्म, वृत्तचित्र तथा ‘एआई जेनेरेटेड’ वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सव निर्देशक सागर केरुङले आदिवासी जनजातिभित्रका समुदायका मौलिक कथा र जीवनशैलीलाई समेटिएका चलचित्र प्रदर्शन गरिने जानकारी दिए । उनका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायको कला, संस्कार र पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)