छथर गाउँपालिकाले ल्यायो ४७ करोड २७ लाख ९९ हजारको बजेट
onlinekhabar.com · Thu Jun 25 02:47:00 GMT 2026

११ असार, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड २७ लाख ९९ हजार ६ सय ३४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको गाउँसभा तथा १७औं अधिवेशन मार्फत प्रस्तुत बजेटले सडक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ ।
छथर गाउँपालिका–३ पञ्चकन्या स्थित ऐतिहासिक तथा पर्यटकीय स्थल ५२ ढोके/बराह मन्दिर/योमुई चाङखासिङ गढी मा बुधबार आयोजित गाउँसभामा गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)