नेप्से परिसूचक सात अंकले बढ्यो
himalpress.com · Thu Jul 16 12:45:42 GMT 2026

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ५० अंकले बढेर दुई हजार ५९७ दशमलव ८० मा पुगेको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९२ अंकले उकालो लागेर चार सय ५६ दशमलव ८६ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक शून्य दशमलव ६१ अंकले बढेर एक सय ७८ दशमलव ५७ मा पुगेको छ। सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९३ अंकले बढेर एक सय ५४ दशमलव ४३ मा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)