युद्ध सुरु भएयता इरानले अमेरिकाका २० सैन्य स्थलमा पुर्यायो क्षति
ratopati.com · Mon Jun 01 07:36:04 GMT 2026

वाशिङ्टन डीसी । युद्ध सुरु भएयता इरानले पश्चिम एसियामा रहेका अमेरिकाका कम्तीमा २० वटा सैन्य स्थलमा क्षति पुर्याएको देखिएको छ। बीबीसीले उपग्रह तस्बिर र भिडियोहरूको विश्लेषणका आधारमा यस्तो निष्कर्ष निकालेको हो। यसले अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा स्वीकार गरेभन्दा इरानी आक्रमणहरू धेरै व्यापक र प्रभावकारी रहेको संकेत गरेको बीबीसीको दाबी छ।
बीबीसी भेरिफाइका अनुसार फेब्रुअरीको अन्त्यदेखि इरानले पश्चिम एसियाका आठ देशमा रहेका महत्वपूर्ण अमेरिकी सैन्य संरचनाहरूलाई निशाना बनाएको छ। आक्रमणबाट अत्याधुनिक वायु प्रतिरक्षा प्रणाली, इन्धन भर्ने सैन्य विमान तथा राडार उपकरणहरूमा करोडौँ डलर बराबरको क्षति पुगेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)