नेपाली क्रिएटरहरूको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच सहकार्य
kendrabindu.com · Thu Jul 16 13:24:26 GMT 2026

काठमाडौं । हाम्रो पात्रोअन्तर्गत सञ्चालित डिजिटल वालेट हाम्रो पे र ग्लोबल क्रिएटर मार्केटिङ प्लेटफर्म भिलबीच संस्थागत सहकार्य भएको छ। नेपाल र भारतमा औपचारिक रूपमा सेवा सुरु गरेको भिलले नेपालमा आफ्ना क्रिएटरहरूलाई भुक्तानी उपलब्ध गराउन हाम्रो पेलाई आधिकारिक पेमेन्ट पार्टनरका रूपमा चयन गरेको हो।
यस सहकार्यसँगै भिल प्लेटफर्ममा आबद्ध नेपाली डिजिटल क्रिएटरहरूले आफ्नो व्यावसायिक कमाइ सुरक्षित, छिटो र सहज रूपमा हाम्रो पेमार्फत प्राप्त गर्न सक्नेछन्। यसले क्रिएटरहरूलाई भुक्तानी प्राप्त गर्ने क्रममा देखिने अनावश्यक झन्झट, लामो प्रक्रिया र प्राविधिक कठिनाइ कम गर्दै सरल डिजिटल अनुभव प्रदान गर्नेछ। नेपालमा डिजिटल कन्टेन्ट निर्माण, ब्रान्ड सहकार्य र इन्फ्लुएन्सर मार्केटिङको क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)