महँगो मूल्यमा बिक्री भयो ‘म मदनकृष्ण’को डिजिटल राइट
kendrabindu.com · Thu Jul 16 13:22:29 GMT 2026

काठमाडौं । भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने बायोपिक चलचित्र ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ । नेपालको प्रतिष्ठित डिजिटल कम्पनी ‘ओएसआर डिजिटल’ले सिनेमाको ब्रान्ड भ्यालुलाई मध्यनजर गर्दै मोटो रकम खर्चेर यसको अधिकार सुरक्षित गरेको हो ।
यो चलचित्रलाई बायोपिक सिनेमामा अब्बल निर्देशक मानिएका निर्देशक मिलन चाम्सले निर्देशन गर्दैछन् । ७६ वर्षिय वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को असारको पहिलो साता निर्माणको घोषणा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)