पूर्वमन्त्री थारुको निधन
baahrakhari.com · Thu Jul 16 13:30:49 GMT 2026

बाँके । पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता फत्तेसिंह थारुको ८७ वर्षको उमेरमा नेपालगन्जमा निधन भएको छ ।
वि.सं. १९९६ मा बाँकेको थपुवा गाउँ (हाल बैजनाथ गाउँपालिका) मा जन्मिएका नेता थारुको हृदयघात भइ वेस्टर्न अस्पतालमा उपचारको क्रममा आज निधन भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए । उनका अनुसार नेता थारुको दाहसंस्कार शुक्रबार राप्ती नदीको सिधनियाघाटमा गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)