महाकालीमा बेपत्ता सशस्त्र प्रहरी जवानसहित दुईजनाको शव भेटियो
annapurnapost.com · Mon Jun 01 08:15:19 GMT 2026

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–५ क्षेत्रबाट चार दिनअघि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान तथा एक स्थानीय नागरिक मृत अवस्थामा फेला परेका छन्। खोजतलास गर्ने क्रममा सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगरको शव ब्रह्मदेवस्थित महाकाली नदी किनारमा फेला परेको र तीर्थबहादुर थापा मगरको शव परशुराम नगरपालिका–५ अन्तर्गत कल्पठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा भेटिएको स्थानीयलाई उदृत गर्दै जिल्ला प्रहरीले जनाएको छ ।
मृतकमध्ये ओमप्रकाश पुन मगर परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत २८ वर्षीय सशस्त्र प्रहरी जवान हुन भने ५६ वर्षीय तीर्थबहादुर थापामगर परशुराम नगरपालिका का स्थानीय हुन् । उनीहरू मामाभान्जा नाता पर्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)