वातावरण मन्त्रालय किन फुट्यो, किन जोडियो ?
annapurnapost.com · Mon Jun 01 08:30:18 GMT 2026

काठमाडौं : जलवायु परिवर्तन गम्भीर विषय बनिसकेकाले यसलाई हेर्ने छुट्टै निकायको माग हुँदै आएको थियो। वन तथा वातावरण मन्त्रालयअन्तर्गत ‘जलवायु परिवर्तन व्यवस्थापन महाशाखा’मार्फत यससम्बन्धी काम हुँदै आएको छ। अहिले वन तथा वातावरण मन्त्रालयमा कृषि मन्त्रालय जोडिएर ‘कृषि, वन तथा पर्यावरण मन्त्रालय’ बनेको छ। मन्त्रालयमा कार्यभार थपिएपछि जलवायु परिवर्तनका मुद्दा झनै कमजोर बन्ने हुन् कि भनेर सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहको सरकारले पदभार ग्रहण गरेलगत्तै कृषि, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मन्त्री गीता चौधरीले पाएकी थिइन्। नाम परिवर्तन भएपछि पनि दुवै मन्त्रालयको जिम्मेवारी चौधरीले नै पाएकी छन्। मन्त्री चौधरीको सचिवालयले सुरुदेखि नै दुवै मन्त्रालयको काम गर्दै आएकाले यसलाई नौलो नमानिएको प्रतिक्रिया दिएको छ। तर, काम, कर्तव्य र जिम्मेवारीको हिसाबले कार्यभार थपिएको सत्य रहेको सचिवालयको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)