मिटरब्याजी रामबाबु साह पुर्पक्षका लागि कारागार चलान
nepalpress.com · Thu Jul 16 14:09:34 GMT 2026

रौतहट । चन्द्रनिगाहपुरका कपडा व्यापारी रामबाबु साह कलवार मिटरब्याजका नाममा ठगी गरेपछि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
अनुचित लेनदेन (मिटरब्याज) को आरोप खेप्दै आएका कलवारलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । बुधबार जिल्ला अदालत, गौरका न्यायाधीश दुर्गाप्रसाद भट्टराईको इजलासले कलवारविरुद्ध प्रारम्भिक प्रमाण पर्याप्त देखिएको ठहर गर्दै मुद्दाको अन्तिम फैसला नआउञ्जेल थुनामै राखेर सुनुवाइ अघि बढाउन आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)