बोराभित्र भेटिएको शवको सनाखत, ट्याटु बन्यो पहिचानको आधार
barnanmedia.com · Mon Jun 01 08:55:07 GMT 2026

झापाको दमकमा बोराभित्र पोको पारिएको अवस्थामा शङ्कास्पद रूपमा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। मृतक महिला दमक नगरपालिका वडा नं. ८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भन्ने रमा तिवारी रहेको प्रहरीले पुष्टि गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काका अनुसार, जेठ १६ गते दमक नगरपालिका वडा नं १० सेतुमाडीस्थित रतुवा खोलाको पुल मुनि सेतो प्लास्टिकको बोरामा बाँधिएको अवस्थामा एक महिलाको शव फेला परेको थियो। २–३ दिन अगाडि देखि नै पानीमा रहेको शव पूर्ण रूपमा ढाडिएको र स्वरूप बिग्रिएको कारण तत्काल नामथर र वतन खुल्न सकेको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)