साउन १ देखि बिजुली महँगिने, नयाँ भ्याट लागू हुँदा लाखौं उपभोक्ताको मासिक खर्च बढ्ने
barnanmedia.com · Thu Jul 16 14:04:58 GMT 2026

काठमाडौं । साउन १ गतेदेखि देशभर विद्युत् महसुलमा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) व्यवस्था लागू हुने भएपछि लाखौं घरायसी, व्यावसायिक र औद्योगिक उपभोक्ताले बढी रकम तिर्नुपर्ने भएको छ। यो व्यवस्था आर्थिक ऐन २०८३ अनुसार लागू हुन लागेको हो।
नयाँ व्यवस्थाअनुसार घरायसी ग्राहकले मासिक ५० युनिटसम्मको विद्युत् खपतमा भ्याट तिर्नु पर्दैन। तर ५० युनिटभन्दा बढी खपत हुने भागमा ५ प्रतिशत भ्याट लाग्नेछ। उद्योग, व्यापार, विद्यालय, अस्पताल, होटल, कार्यालय, चार्जिङ स्टेसन, खानेपानी, सिँचाइ लगायतका अन्य अधिकांश उपभोक्तालाई भने १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)