पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्णरूपमा बन्द
nepalviews.com · Thu Jul 16 14:28:21 GMT 2026

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलानजिक तिग्राम खानी क्षेत्रमा माथिबाट लगातार पहिरो खसिरहेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै उक्त क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएकाले अर्को सूचना प्रकाशित नभएसम्म पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)