गृहमन्त्री गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नै नदिई शुक्रबार साँझ कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किए
barnanmedia.com · Thu Jul 16 14:22:22 GMT 2026

गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नै नदिई शुक्रबार साँझ कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किएका छन्।
सीमा क्षेत्रबाट हुने चोरी–तस्करी, अवैध ओसारपसार तथा राजस्व चुहावटका विषयमा जनगुनासो बढ्न थालेपछि उनले वास्तविक अवस्था बुझ्न गोप्य रूपमा स्थलगत निरीक्षण सुरु गरेका हुन्। सुरक्षा स्रोतका अनुसार गृहमन्त्री हाल सुनसरी र मोरङ क्षेत्रमा अनुगमनमा रहे पनि उनी कुन स्थानमा छन् भन्नेबारे स्थानीय सुरक्षा निकायलाई समेत स्पष्ट जानकारी छैन। उनी सीमा नाकाहरूमा छड्के निरीक्षण गर्दै सुरक्षा व्यवस्था, तस्करी नियन्त्रणको अवस्था र स्थानीयको गुनासोबारे प्रत्यक्ष जानकारी लिइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)