कांग्रेस सांसद अभिषेक शाहविरुद्ध पक्राउ पुर्जी
barnanmedia.com · Thu Jul 16 14:24:39 GMT 2026

नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित शाहविरुद्ध कुटपिट गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो।
कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश) माथि भएको सामूहिक आक्रमणमा उनी जोडिए पनि कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेका बेला कपिलवस्तु प्रहरीले जाहेरी दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)