सांसद दुलालको प्रश्न- सभापतिको भ्रमणको पूर्वसन्ध्यामा दिएको अभिव्यक्ति भारतलाई उपहार त होइन ?
kendrabindu.com · Mon Jun 01 09:29:46 GMT 2026

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रहितमा असर पारेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति अनुभव, कूटनीतिक मर्यादा र जिम्मेवारीबोधको अभावको परिणाम भएको टिप्पणी गरे । उनले भने,‘सभामुखलाई समेत सरप्राइज दिएर प्रधानमन्त्री संसदमा आउनुभयो । आकस्मिक प्रश्नोउत्तरको रुपमा हामीले स्वीकार गरेर भाग लियौं । यसबाट नयाँ भन्ने मित्रहरुलाई गम्भीर शिक्षा मिलेको हुनुपर्छ कि राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन् । यो त होस, अनुभव, ज्ञान र जिम्मेवारबोधको पद हो । बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कुटनीतिक भाषाको महत्वको अनविज्ञता र स्टन्डशैलीको परकास्ट हिजो राज्यले ठूलो क्षति व्यहोर्नुपर्यो ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)