रहेनन् पूर्वमन्त्री फत्तेसिंह थारू
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
राँझा । पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता फत्तेसिंह थारूको ८७ वर्षको उमेरमा नेपालगञ्जमा निधन भएको छ । विसं १९९६ मा बाँकेको थपुवा गाउँ (हाल बैजनाथ गाउँपालिका) मा जन्मिएका नेता थारूको हृदयघात भइ वेस्टर्न अस्पतालमा उपचारको क्रममा आज निधन भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए । उनका अनुसार नेता थारूको दाहसंस्कार शुक्रबार राप्ती नदीको सिधनियाघाटमा गरिने भएको छ ।
राप्रपा नेता तेजविक्रम शाहका अनुसार, नेता थारू २०३८ साल र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । विसं २०५१ मा उनी बाँके निर्वाचन क्षेत्र नं–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)