‘पाणिनि तपोभूमि’लाई सेवा पुरस्कार
nepalpress.com · Mon Jun 01 10:06:03 GMT 2026

काठमाडौं । रण अम्बिका शाह सेवा गुठीले पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा सम्बर्द्धन समिति, अर्घाखाँचीलाई नगद १ लाख ११ हजार १ सय ११ को राशि सहित ‘रण–अम्बिका सेवा पुरस्कार २०८३ ’ प्रदान गरेको छ।
गुठीका अध्यक्ष डा. चिन्तामणि नाथ योगीको अध्यक्षता र प्राज्ञिक व्यक्तित्व एवम् पूर्व राजदूत प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा सम्बर्द्धन समितिका अध्यक्ष पुष्करराज पोख्रेल र उक्त समितिका अन्तर्राष्ट्रिय संयोजक नेत्रबन्धु पोख्रेलले सम्मानपत्र तथा पुरस्कार ग्रहण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)