कर्णाली विकास बैंक घोटाला प्रकरण : बचत फिर्ताको माग गर्दै फेरि सडकमा बचतकर्ता
gorkhapatraonline.com · Mon Jun 01 10:19:20 GMT 2026

कर्णाली विकास बैंकको साढे दुई अर्ब रुपियाँ बराबरको घोटाला प्रकरणमा प्रभावित बचतकर्ताहरूले सोमबार फेरि आन्दोलन गरेका छन् । लामो समयदेखि आफ्नो बचत रकम फिर्ता नपाएपछि बचतकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
सोमबार दिउँसो १ बजे र्यालीसहित कर्णाली विकास बैंक पुगेका बचतकर्ताहरूले आफ्ना माग राख्न खोजे पनि सुनुवाइ नभएको भन्दै नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालयमा पुगेर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले बचत रकम फिर्ताको सुनिश्चितता गर्न तथा दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)