भारतमा ‘कक्रोच जनता पार्टी’द्वारा आन्दोलन घोषणा
nagariknews.nagariknetwork.com · Mon Jun 01 10:15:51 GMT 2026

भारतमा सामाजिक सञ्जालमार्फत् उदाएको ‘कक्रोच जनता पार्टी’ (सिजेपी) ले आन्दोलन घोषणा गरेको छ। आगामी शनिबारदेखि सुरु गर्ने गरी कक्रोजले आन्दोलन सुरु गर्ने तयारी गरेको हो। पार्टीका संस्थापक अभिजित दिपके अमेरिकाबाट भारत फर्किएलगत्तै दिल्लीमा धर्ना कार्यक्रम सञ्चालन गर्ने तयारीमा छन्।
सिजेपीले हालै सार्वजनिक भएको एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनको घोषणा गरेको हो। आन्दोलनको पूर्वसन्ध्यामा देशभर सुरक्षा सतर्कता बढाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)