नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
ratopati.com · Thu Jul 16 15:42:21 GMT 2026

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्री स्तरको आजको निर्णयअनुसार प्राधिकरणको विभिन्न विधामा चार सदस्य नियुक्त भएका हुन् ।
प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ सदस्य पदमा नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)