१४ नगरपालिका समय सीमाभित्र बजेट ल्याउन असफल, मधेसका धेरै
ratopati.com · Thu Jun 25 06:05:35 GMT 2026

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तोकिएकै समयमा १४ नगरपालिकाले बजेट ल्याउन असफल भएका छन् । नेपाल नगरपालिका सङ्घका अनुसार नेपालका कुल २९३ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूमध्ये १४ वटा स्थानीय तह आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट तोकिएको समय सीमाभित्र नगर सभामा पेस गर्न असफल भएका छन् ।
प्रतिवेदन अनुसार कुल नगरपालिकामध्ये ९५ प्रतिशत अर्थात् २७९ वटा स्थानीय तहले समयमै आफ्नो बजेट सम्बन्धी संवैधानिक दायित्व पूरा गरेका छन् भने बाँकी ५ प्रतिशत अर्थात् १४ वटा नगरपालिकाहरूले विभिन्न आन्तरिक असमझदारी तथा प्राविधिक कारणहरूले गर्दा तोकिएको समय सीमा पार हुँदा पनि बजेट प्रस्तुत गर्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)