मतपत्रबाट ‘ज्वाला’ गायब गरिएपछि ज्वाला संग्रौलाको आपत्ति
nepalpress.com · Thu Jun 25 06:15:26 GMT 2026

काठमाडौं । रास्वपाको केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भाग लिएकी नेतृ ज्वाला संग्रौला आफूमाथि षडयन्त्र रचिएको भन्दै आक्रोशित बनेकी छन् । मतपत्रमा आफ्नो परिचित नाम ‘ज्वाला’ नै गायब गरिएपछि उनी आक्रोशित बनेकी हुन् ।
ज्वालाको वास्तविक नाम टिका संग्रौला हो । तर, उनी पार्टीभित्र र बाहिर ज्वाला नामले नै बढी परिचित छिन् । यो उनको उपनाम हो । उनले उम्मेदवारीको फारम भर्दा टिका संग्रौला (ज्वाला) लेखेकी थिइन् । तर, मतपत्रमा भने ज्वाला हटाएर टिका संग्रौला मात्रै राखिएपछि आफूमाथि षडयन्त्र भएको उनले बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)