आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा अफरको सातौं हप्ताका विजेता सार्वजनिक
bizmandu.com · Thu Oct 20 11:56:07 GMT 2022
काठमाडौं। दसैं, तिहार, छठ र नेपाल सम्वत जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले सेवाग्राहीलाई लक्षित गर्दै सञ्चालन गरेको 'आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा' अफर अन्तर्गत सातौं हप्ताका विजेता सार्वजनिक गरेको छ।
बिहीबार कम्पनीले फेसबुक लाइभमार्फत सार्वजनिक गरेको नतिजा अनुसार यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौं हप्ताका लागि विजेता छनोट भएको जनाएको छ।
संयुक्त अरब इमिरेट्स र मलेसियाबाट आइएमई मार्फत पैसा पठाउने विजेताद्वयले जनही २५ हजार रुपैयाँ पाएका छन्।
त्यस्तै सेवाग्राहीहरू गमबहादुर पुन, विष्णु बिके, मन्तोष लिम्बू, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालबिहारी शाह हलुवाई र सुस्मिता रानामगर भने दैनिक विजेता बनेका छन्। उनीहरु प्रत्येकले एक/एक सेट सामसङको मोबाइल उपहार पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)