इजरायली प्रधानमन्त्री नेतान्याहूले लेबनानको सम्बन्धमा सेनालाई के आदेश दिए ?
annapurnapost.com · Mon Jun 01 10:48:25 GMT 2026

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रहरूमा आक्रमण गर्न सेनालाई आदेश दिएको बताएका छन्। बीबीसी फारसीका अनुसार उनले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रहरूमा आक्रमण गर्न सेनालाई आदेश दिएका हुन्।
नेतान्याहूले आक्रमणको आदेश दिएको ठाउँलाई दहिया भनिन्छ। यो हिजबुल्लाहको महत्त्वपूर्ण गढ हो। यसअघि लेबनानका राष्ट्रपतिले एक विज्ञप्ति जारी गरेर इजरायली आक्रमणको कडा निन्दा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)