बंगलादेशी दूतावासले मनायो ‘जुलाई शहीद दिवस–२०२६’
nepalviews.com · Thu Jul 16 16:21:47 GMT 2026

काठमाडौं । काठमाडौंस्थित बंगलादेशी दूतावासले सन् २०२४ को जुलाई जनआन्दोलन (जुलाई मास अपराइजिङ) का शहीदहरूको सम्झनामा बिहीबार ‘जुलाई शहीद दिवस–२०२६’ विविध कार्यक्रमका साथ मनाएको छ।
दूतावासद्वारा जारी विज्ञप्तिअनुसार कार्यक्रमको सुरुआत पवित्र कुरानको पाठबाट गरिएको थियो। त्यसपछि बंगलादेशका राष्ट्रपति र प्रधानमन्त्रीका शुभसन्देश वाचन, जुलाई आन्दोलनको पृष्ठभूमि र महत्व झल्काउने वृत्तचित्र प्रदर्शन तथा शहीदहरूको आत्माको चिरशान्तिका लागि विशेष प्रार्थना गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)