बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
gorkhapatraonline.com · Thu Jun 25 06:35:56 GMT 2026

बेलायती राजतन्त्रमा पारदर्शिता बढाउने प्रयास स्वरूप राजा चाल्र्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । यससँगै उहाँ व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्ने अपेक्षा गरिएको छ ।
यो विवरण बकिङ्घम दरबारले सार्वभौम अनुदान सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सार्वजनिक गर्ने तयारी गरेको बेलायती सञ्चार माध्यमले जनाएका छन् । सार्वभौम अनुदानमार्फत बेलायती करदाताले राजतन्त्रका गतिविधिका लागि आर्थिक सहयोग गर्दै आएका छन् । गत वर्ष दरबारले आठ करोड ६३ लाख पाउन्ड खर्चको विस्तृत विवरणसहित १५९ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)