जननायक रामप्रसादको शालिक तथा समीको रुखमुनि साकेला सिली
newsofnepal.com · Sat Jun 06 08:34:20 GMT 2026

खोटाङ ।
२००७ सालको प्रजातान्त्रिक योद्दा जननायक रामप्रसाद राईको सालिक तथा उहाँले रोप्नुभएको समी जातको रुखमुनि धुमधाम साकेला नाचिएको छ । खोटाङको खोटेहाङ गाउँपालिकाको खोटाङबजारस्थित टुँडिखेलमा निर्मित राईको शालिक तथा उहाँले रोप्नुभएको समीको रुखमुनि जिल्लाका दक्षिणी भेगका किरात तथा गैर किरात समुदायले साकेला सिली नाचेका हुन ।