विश्व दुग्ध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा सप्ताहव्यापी कार्यक्रम सम्पन्न
ajakoartha.com · Mon Jun 01 11:17:00 GMT 2026

काठमाडौं- २६ औँ अन्तर्राष्ट्रिय विश्व दुग्ध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनले देशव्यापी रूपमा विविध सचेतनामूलक, सामाजिक तथा प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गरी सप्ताहव्यापी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
यस वर्ष विश्व दुग्ध दिवस “दुग्ध क्षेत्रको दिगो विकास : पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने राष्ट्रिय नाराका साथ तथा “महिला कृषकहरूको सम्मान” भन्ने अन्तर्राष्ट्रिय नारालाई आत्मसात गर्दै सातै वटा प्रदेश तथा २८ जिल्लाहरूमा कार्यक्रमहरू सञ्चालन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)