दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
ratopati.com · Thu Jul 16 16:55:44 GMT 2026

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकल दुर्घटना गराई घाइतेलाई बाटोमा अलपत्र छाडेर फरार भएका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सवारी ज्यान मुद्दामा संलग्न रहेको आरोपमा भारतको मधुबनी जिल्ला, ग्राम पञ्चायत चतुर्भुज पिपराही वडा नं १ नटुवा टोल बस्ने २८ वर्षीय मोहमद सदर आदम नटलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, गत असार ३१ गते साँझ करिब ६ः५० बजेको समयमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ६ स्थित कठौना बजारमा प्रतिवादीले चलाएको बीआर ३२ बीडी ९७६४ नम्बरको अपाची मोटरसाइकलले सादिक हुसेनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका हुसेनलाई आफ्नै मोटरसाइकलमा राखी घटनास्थलबाट लगेका थिए । तर, उनले घाइतेलाई उपचारका लागि अस्पताल पुर्याउनुको साटो खडक नगरपालिका वडा नं. १ सुन्दरपुरस्थित बाटोमा फालेर फरार भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)