हिमालय एयरलाइन्सले जुन ४ देखि काठमाडौं शेन्जेन सिधा उडान सुरु गर्ने
clickmandu.com · Mon Jun 01 11:45:22 GMT 2026

काठमाडौं । नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी जुन ४, २०२६ देखि काठमाडौं र चीनको ‘सिलिकन भ्याली’ मानिने शेन्जेन सहरबीच ऐतिहासिक सिधा उडान सुरु गर्ने भएको छ।
यस नयाँ रुटको सुरुवातसँगै हिमालय एयरलाइन्सले आफ्नो क्षेत्रीय सञ्जाल विस्तार गर्ने तयारी गरेको हो। कम्पनीका अनुसार काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र शेन्जेनस्थित बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुईवटा उडानहरू सञ्चालन हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)