मधेशका अर्थमन्त्रीको गाडी तोडफोड आरोपमा एक जना पक्राउ
onlinekhabar.com · Thu Jun 25 07:36:01 GMT 2026

११ असार, जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडी तोडफोड गरेको आरोपमा पक्राउ एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका – ६ का जितेन्द्र मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित प्रवक्ता मनोज यादवले जानकारी दिए ।