बेलायती राजाले पहिलोपटक कर विवरण सार्वजनिक गर्दै
kendrabindu.com · Thu Jun 25 08:20:24 GMT 2026

लन्डन । बेलायती राजतन्त्रमा पारदर्शिता बढाउने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गरेका छन् । यससँगै उनी व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्ने अपेक्षा गरिएको छ ।
यो विवरण बकिङ्घम दरबारले सार्वभौम अनुदानसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सार्वजनिक गर्ने तयारी गरेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । सार्वभौम अनुदानमार्फत बेलायती करदाताले राजतन्त्रका गतिविधिहरूका लागि आर्थिक सहयोग गर्दै आएका छन् । गत वर्ष दरबारले आठ करोड ६३ लाख पाउन्ड खर्चको विस्तृत विवरणसहित १५९ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनमा दरबारको नवीकरण खर्चसमेत समावेश थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)