करेन्ट लागेर एक जनाको मृत्यु
gorkhapatraonline.com · Sat Aug 29 07:56:46 GMT 2026

मकवानपुरको मनहरी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका –३ लामिटारका अन्दाजी ५० वर्षीय हिरा गोतामेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार बिहान करिब ९ः३० बजे घरनजिकैको करेसाबारीमा घाँस काट्ने क्रममा पानी तान्ने मोटरमा लगिएको बिजुलीको तार काटिएपछि गोतामेलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि सिएमसी हेटौँडा अस्पताल ल्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)