भोटेकोशीमा बाढी : ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन
annapurnapost.com · Sat Aug 29 07:55:18 GMT 2026

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीपछि ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन भएको जनाएको हो।
प्राधिकरणका अनुसार नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक बेपत्ता भएका छन्। प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१ र चितवनमा २३३ जना गरी ६२६ जनाको शव फेला भएको छ भने २ हजार ४२६ जना अझै सम्पर्कविहीन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)