मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’ पोर्टल!
onlinekhabar.com · Thu Jun 25 08:51:48 GMT 2026

११ असार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सेवा प्रवाहलाई सजिलो बनाउनका लागि हेलो एनएमसी पोर्टल ल्याएको छ । काउन्सिलका निमित्त रजिष्ट्रार दिपेन्द्र पाण्डेका अनुसार यसअघि आम नागरिकले चिकित्सक वा चिकित्सा क्षेत्रसँग सम्बन्धित विषयमा उजुरी वा गुनासो दर्ता गर्न काउन्सिलको कार्यालयमै भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता थियो ।
दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौँको बाँसबारीस्थित कार्यालयमै धाउनुपर्दा समय र खर्च बढी लाग्ने गरेको थियो । चिकित्सकविरुद्ध उजुरी दिने प्रक्रिया झन्झटिलो हुँदा सर्वसाधारणले सहजै आफ्ना गुनासा दर्ता गराउन सक्ने अवस्था थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)