दैलेखमा जिप दुर्घटन : ३ को निधन, ५ घाइते
news24nepal.tv · Mon Jun 01 13:35:03 GMT 2026

दैलेख । दैलेख जिल्लाको भैरवी गाउँपालिका–५ को कालगौडाको भिरमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन । सुर्खेतबाट कालिकोटतिर जादैगरेको सु.प ०१००१ च ४९६४ नम्बरको यात्रुवाहक डबल क्याप जिप सोमबार बिहान १२ः५५ बजे कालगौडामा सडक बाट ३००÷४०० मिटर तल भिरमा खसेको छ ।
जिपमा सवार ८ जना यात्रुहरु मध्ये १ महिला र २ जना पुरुष सहित ३ जनाको निधन भएको छ । कालिकोट जिल्ला शुभकालिका गा.पा. ५ का अन्दाजी बर्ष ३५÷३६ का चालक कुल बहादुर रोकाय, कालिकोट जिल्ला शुभकालिका गा.पा. ४ का अन्दाजी बर्ष ३८÷३९ का मित्र सुनार, कालिकोट जिल्ला शुभकालिका गा.पा. ६ की अन्दाजी बर्ष ५५÷६० की पुल्तीसरा बि.क. को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलखले जानकारी दिएको छ । घाइते ५ जनालाई सुरक्षा कर्मि,स्थानिय सरकार,वरपरका स्थानियको सहयोगमा उपचारको लागि जिल्ला अस्पताल दैलेखमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)