सांसद बसुमाया तामाङ ट्रमा सेन्टरमा भर्ना
gorkhapatraonline.com · Mon Jun 01 13:41:26 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बसुमाया तामाङ सोमबार संसद बैठकबाट भाग लिएर ओर्लने क्रममा सिंढीबाट खस्नु भएपछि खुट्टामा चोट लागेको छ । उपचारका लागि उहाँ ट्रमा सेन्टरमा भर्ना हुनुभएको छ।
तामाङका पारिवारिक सदस्य सबिना गुरुङका अनुसार सोमबार संसद बैठकपछि भ¥याङबाट ओर्लने क्रममा रिँगटा लागेर उहाँ लड्नुभएको थियो । गुरुङले भन्नुभयो, “संसदमा भ¥याङबाट ओर्लने क्रममा रिँगटा लागेर लड्नुभएको हो । चोट लागेर खुट्टा सुन्निएको छ ।” उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको उहाँले बताउनुभयो । सांसद तामाङ लामो समयदेखि मुटुको रोगबाट पीडित हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)