‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’
ratopati.com · Thu Jun 25 09:35:39 GMT 2026

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलप्रति विद्यार्थीहरूले तीव्र असन्तुष्टि जनाउँदै सडक आन्दोलन सुरु गरेका छन्। बिहीबार विद्यार्थीहरूले परीक्षाफलको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउँदै काठमाडौँको माइतीघरमा धर्ना दिएका हुन्।
आफूहरूले परीक्षा निकै राम्रो दिए पनि अपेक्षा गरेभन्दा निकै कम ग्रेड प्राप्त भएको उनीहरूको गुनासो छ। आन्दोलित विद्यार्थीहरूले नतिजा सन्तोषजनक नभएको भन्दै उत्तरपुस्तिका पुनः परीक्षण गर्नुपर्ने माग अघि सारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)