ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजको सपिङमा अफर, ११:११ मा २०% सम्म छुट पाउने
bizmandu.com · Mon Nov 07 09:08:59 GMT 2022
काठमाडौं। ग्लोबल आइएमई बैंकका ग्राहकले दराजको अनलाईन सपिङको ११: ११ अफरमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यस योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउने बताइएको छ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २५ सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा ३ तीन हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ।
बैंकका अनुसार छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज एपबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ ।
यो योजना नोभेम्बर ११ देखि सिमित अवधिको लागि रहने बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)