सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता
nepalsamaya.com · Mon Jun 01 14:18:51 GMT 2026

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच आज सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तार लगायतका विषयमा छलफल भएको थियो।
भेटवार्तामा अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल–अमेरिका सम्बन्ध मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै सूचना प्रविधि तथा दूरसञ्चारका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताइन्। उनले अमेरिकी कम्पनीहरू नेपालमा लगानी विस्तार गर्न चाहिरहेको उल्लेख गर्दै त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता तथा आवश्यक सहजीकरणको अपेक्षा रहेको धारणा राखिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)