उद्धारका लागि चिनियाँ टोली पनि नेपाल आउँदै
ratopati.com · Sat Aug 29 08:06:00 GMT 2026

काठमाडौँ । नेपालको आग्रहमा चीनले उद्धार टोली पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार टनेल (सुरुङ) मा फसेका नेपालीलाई उद्धार गर्न चिनियाँ एक्सपर्ट टिम नेपाल आउन लागेकाे हाे ।
सम्भवतः उनीहरू आजै नेपाल आइपुग्ने र भोलिदेखि काममा लाग्ने बताइएको छ । बाहिर जोखिममा रहेकाहरूलाई उद्धार गर्ने काम भइरहेको छ । तर विभिन्न टनेलहरूमा फसेकाहरूलाई नेपालको जनशक्तिले मात्र नभ्याउने भएपछि नेपालले भारत तथा चीनबाट दक्ष जनशक्ति माग गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)