उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै
nepallive.com · Sat Aug 29 08:05:50 GMT 2026

काठमाडौं– रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ।
टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)