नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित
nepaltvonline.com · Thu Jun 25 10:12:53 GMT 2026

कर्णाली- प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को अवरोधपछि कर्णाली प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा नेकपाका सदस्यले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको हो ।
बैठक सुरुभएसँगै नेकपा कर्णाली प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाहीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको बजेटमा भएका कमजोरीका विषयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको सरकारले स्पष्ट जवाफ नदिएको धारणा राख्नुभयो । उहाँले उद्देश्यविहीन र त्रुटीयुक्त बजेटमाथि उठेका प्रश्नको जवाफ नदिई पारित गरिनु सभा र जनताप्रति जवाफदेफिता नहुने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)