पूर्वमन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
kendrabindu.com · Thu Jun 25 10:41:36 GMT 2026

कोलम्बो । श्रीलङ्कामा पूर्व न्यायमन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागुऔषध तस्करलाई रिहा गराउन घुस लिएको आरोपमा पक्राउ गरिएको छ । भ्रष्टाचारविरुद्धको अभियान तीव्र भइरहेका बेला उच्च राजनीतिक पहुँच भएका व्यक्तिमाथि गरिएको पछिल्लो कारबाहीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
श्रीलङ्काको प्रमुख भ्रष्टाचार अनुसन्धान निकायले बिहीबार रकिथा राजपक्षेलाई हिरासतमा लिएको हो । उनीमाथि सन् २०२३ मा इन्टरपोलको सहयोगमा मेडागास्करबाट स्वदेश फिर्ता ल्याइएका लागुऔषध तस्करीका मुख्य संदिग्ध नादुन चिन्ताकालाई रिहा गराउन ठूलो रकमको घुसको लेनदेन गरेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)