हिउँको बर्कोभित्र बलेको आत्मीयता
annapurnapost.com · Sat Aug 29 08:09:16 GMT 2026

चम्किला आँखाहरू भेटिन्छन् जताततै। नौनीजस्तो सेतो छालाले घेरिएको लोभलाग्दो अनुहारमा चम्केका आँखा र हृदयदेखि निस्केको कर्णप्रिय आवाजले रमरमी लाग्छ उत्साह र उमंगको मात।
सहरभित्र घरभन्दा धेरै छन्, बौद्ध चैत्य र बुद्धमूर्तिहरू। साँघुरा गल्ली, बाक्लो माटाका घर, घरभित्र साना कोठा, अनि उज्यालो छिर्न हम्मेहम्मे पर्ने झ्यालहरू ! अझै चौधौं शताब्दीले छोडेको छैन, लोमन्थाङ सहरलाई। एउटै पर्खालले घेरिएको लोमन्थाङ सहर पर्खालबाहिर निस्कन खोज्दै छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)