श्रीलंकामा पूर्व न्याय मन्त्रीका छोरा घूस प्रकरणमा पक्राउ
canadanepal.com · Thu Jun 25 11:10:45 GMT 2026

कोलम्बो - श्रीलंकाका पूर्व न्याय मन्त्री विजयदास राजपक्षेका छोरा रकिथा राजपक्षेलाई चर्चित लागुऔषध तस्करलाई रिहा गराउन घुस लिएको आरोपमा पक्राउ गरिएको छ । भ्रष्टाचारविरुद्धको अभियान तीव्र भइरहेका बेला उच्च राजनीतिक पहुँच भएका व्यक्तिमाथि गरिएको पछिल्लो कारबाहीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
श्रीलंकाको प्रमुख भ्रष्टाचार अनुसन्धान निकायले बिहीबार रकिथा राजपक्षेलाई हिरासतमा लिएको हो । उनीमाथि सन् २०२३ मा इन्टरपोलको सहयोगमा मेडागास्करबाट स्वदेश फिर्ता ल्याइएका लागुऔषध तस्करीका मुख्य संदिग्ध नादुन चिन्ताकालाई रिहा गराउन ठूलो रकमको घुसको लेनदेन गरेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)